Posts

Feature Post ( हालसालै प्रकाशित )

🖋️कविता -" बाध्यता थियोे कि रहर ? "

Image
बाध्यता थियो कि रहर??? स्वईच्छा थियो या त बाध्याता थियो हातको माझी औला देखाउदै जाने इसारा गर्दै थिई मेरो त जवाफमा नाई नै थियो यसो पर पुगि फर्कि हेरे  उसकै अघि केहि भिड थियो सायद केहि भाउ मिलाउदै थिए उसलाई जोत्ने दाउ मिलाउदै थिए   अचानक, त्यो दृश्य लुप्त भयो मेरो मस्तिसक स्तब्ध भयो  अनि फेरि कल्पित भयो त्यो चिच्याहट आहा...आहा!! उहु...उहु..!! खै त्यो दुखको आवाज थियो या त आनन्दको कि ग्रहाक खुसि पार्ने चाल घाएलतामा रमाकि होली कि? कस्तो होला उस्को हाल? एकै छिनमा उ त्यहि अाई अबस्थित भइ खै मेरो मन मा के जाग्यो  आफै प्रति अचम्म लाग्यो हातमा आएको माल गुमाउदै थिए म के म साच्चै मुर्ख थिए ? आफ्नो मोज आफै खोस्दै थिए! नाइ म उस्को सम्मान गर्दै थिएँ अबशोष, त्यो उसलाई पूर्ण थिएन उसलाई मान हैन,दाम चाहिन्छ नङ्ग्याउनेहरु तमाम चाहिन्छ अचेल ढलमा उस्ले सुवाष भेट्छे लम्पसार पर्दा नै आनन्द लाग्छ उस्लाइ !! ✍️ हुकुम राज  न्यौपाने  ©️ Saahitya Manch Nepal & Writer 

🖋️ कविता -" सरकार ! ?? "

Image
आज फेरि रगताम्य सपना देख्दैछु  यी पानामा घृणा, पक्षेताप, आक्रोश अनि वेदना लेख्दै छु कोर्दैछु अनि मेट्दैछु केही अपशब्दहरु फेरि तोड्दै छु मौनता अनि सल्काउँदैछु स्थगित द्वन्द्वहरु तिम्रो आश्वासनले विकृति टर्दैन  भयो तिमीले सान्त्वना दिनु पर्दैन  निभाएको खरानी जलाएर हरबार  तिमीले पनि बहाना बनाउन जानेकै छौ सरकार... लुछिएर चुँडिएर बर्बाद हुँदा चेलीहरु  चिच्याउँदैनौं तिमी किन बोल्दैनन् तिम्रा ठेलीहरु  कहाँ छन् औंला उठाएर जय नेपाल भन्नेहरू  नकारेर राजतन्त्र सत्ताधिश बन्नेहरु तिम्रा गोली बारुद्हरुले अपराधीलाई मेट्दैन र  न्याय दिने अदालतले न्यायलाई नै भेट्दैन र  वीरता का कुरा गर्दै छापेर अखवार  तिमीले पनि बहाना बनाउन जानेकै छौ सरकार...  कहिलेसम्म निको बनाउँछन् तिम्रा गफ रूपी मलमहरुले  अब एउटै प्रश्न सोध्ने छन् हजारौं कलम हरुले  वर्षौं बितिसक्दा पनि कहाँ छ हत्यारा ती नानीको  अन्त्य हुनेछैन तिमीले लुकाउन खोजेको कहानीको  कहिलेसम्म रुन्छिन् आमा कति कठोर बन्छ बाबु  नग्न भई झुक्छ मुलुक कहिलेसम्म तिम्रो सामु  एक एक गरी तोड्दै फोड्दै रित्याएर बालुवाटार  तिमीले पनि बहाना बनाउन जानेकै छौ सरकार ...!! ✍️ Pu

🖋️कविता -"त्यो पहिलो भेट" ।Nepali Poem।

Image
"त्यो पहिलो भेट " याद छ तिमिलाइ हाम्रो पहिलो भेट?  तिमी वारि म पारी  एकअर्कालाई भेट्नको लागि आतुर यो मन  तिमी आउने खुसी ले गदगद भएको म र मेरो मन।  एकएक मिनेट घडीमा हेरेर पर्खेको त्यो समय  एक एक मिनेट फोनमा आइपुगे भनेर घन्टी बज्छ कि भनेर पर्खेको समय  कति अमुल्य छ हाम्रो त्यो भेट,अनेकौ यादहरु सग जोडिएको त्यो पहिलो भेट।  लामो पर्खाइ पछि फोन बज्दाको त्यो खुसि  दुई जना नै लजाएर भेट्दा बोल्न नसकेको त्यो पल  गर्मीको समय एउटै छाता ओढेर हिडेको त्यो बाटो साची नै मेरो माया  सोच्न नि सक्दैनौ कति अमुल्य थ्यो त्यो पल । सायदै सन्सारकै खुसी मै थिए होला हुन त कहिले नदेखेको आफुले सारै माया गर्ने मान्छे भेट्दा को खुसि हुँदैन र?  याद छ तिमिलाइ यी आखाले हरेक समय तिमिलाइ नै हेरेर बसेको थिए फेरि भेट्न पाउछु पाउदिन भनेर डराएको थिए।  त्यो भेट, तिमिसग बिताएका हरेक पल तिमी सग हासेको, कुरा गरेको  त्यो समय नजाओस जस्तो लागेको  छुट्ने बेला खुसी नभएको यो मन छुट्दा झरेका यी आसु साचै नै अमुल्य छ्न  साचै नै अमुल्य छ त्यो हाम्रो पहिलो भेट।     ✍️  Regina ©️ Saahitya Manch Nepal & Writer   अन्य रचना हरु पढ

🖋️कविता -" माया "। Nepali Poem ।

Image
" माया " म त्यस्तो प्रती उत्तर दिन सक्दिन होला जसरी छायाले आफ्नो मुल आकृतिको दिन्छ म त्यस्तो सितलता पनि दिन सक्दिन होला जसरी बृक्ष्यले आफ्नो छाहारिमा दिन्छ तर म तिमिलाई यति प्रतिज्ञा गर्न सक्छु कि  म तिमिलाई आफुले भन्दा बढी माया दिन्छु!!! म त्यस्तो सुवास पनि दिन सक्दिन होला जसरी एउटा फुलले सुवास दिन्छ म त्यस्तो रंगिन सन्सार पनि दिन सक्दिन होला जसरी इन्देणिले बिश्वलाई दिइरहेको छ तर म यति कुरा भन्न सक्छु कि तिमिलाई खोलामा बग्ने पानी भन्दा चिखो माया दिन्छु!! म त्यस्तो न्यानो पनि पनि दिन सक्दिन होला जति सुर्यले यस धर्तीमा दिइरहेछ म त्यस्तो सितल हावा त दिन सक्दिन होला जसरी यो प्रकृतिले हामीलाई हरप्रहर दिइरहेछ तर म तिमिलाई यति कुराको कसम गर्न सक्छुकी मदनले मुनालाई गरेको भन्दा बढी माया दिन्छु! ✍️ Kishor Karki  ©️ Saahitya Manch Nepal & Writer   अन्य रचना हरु पढन तथा  हाम्रो जानकारी को लागि होम पेज मा जान माथि भएको  यस्तै बट्न  ⬅️   क्लिक गर्नुहोस ! 

🖋️कविता -" म ब्यापारी हु " ।Nepali Poem।

Image
म व्यापारी हु  तिमिले चिनेनौ मलाई  म एक व्यापारी हु म भावनाको ब्यापार गर्दछु आफुलाइ रोदन अनि अरुलाइ खुशी दिने गर्द्छु अझै चिन्न सकेनौ मलाई तिमिले  खै कसरी दिउ म आफ्नो परिचय सायद मेरो निश्चित नाम छैन सायद मेरो निश्चित गाउँ छैन तर म एक ब्यापारी हु ।। कुनै दिन तिमिलाइ नि खुशी बेचेकी थिए सायद सहजै बिर्सेयौ  हुन त म सारै सस्ती छु  म सहजै त कहिले सित्तैमा बिक्री गर्छु आफ्ना भावना  त्यसैले बिर्सेयौ होला निश्चित नाम छैन मेरो अझै पनि तर उपनाम भने थुप्रै छन मेरा कसैको लागि छोरी हु कसैको लागि बुहारी ,भाउजू ,नन्द,दिदी , बहिनि  म आफ्नो जीवन त्यागेर कसैलाई जीवन दिन्छु म सारा सपनाहरूलाई एक समसानमा पुरेर तिम्रा अनेकौं सपनाहरूलाई साकार पारिदिन्छु मलाई मोलतोल गर्न राम्रो सङ्ग आउँछ हजुर  म ब्यापारी हु ।। गर्भमा छोरी छ भन्दा परिवारले मलिन अनुहार लाउदा  आफ्ना रहर त्यागी अपराध गरि  कोमल कोपिलालाई फुल्नै दिदैन म मलाई लाग्छ बिश्वकै सबैभन्दा कठोर हृदय भएकी व्यापारी हु म म सहजै रोदन लिइ खुशी साट्दछु म सहजै रहर त्यागी कहर साट्दछु म सहजै चोट लिइ मलम साट्दछु कति बिज्ञापन गरौ म अझै  म एक ब्यापारी हु भनी चिनाउन के स

🖋️ कविता -" प्रेम " एक बिपत्ति । Nepali Poem ।

Image
"प्रेम" एक बिपत्ति  हिजोअस्ति  बाढीले बगाएको खबर सुन्थे  पहिरोले पुरेको खबर सुन्थे भुकम्पले ध्वस्त गरेको खबर सुन्थे आजभोलि चाहिँ  सम्बन्ध जन्माउने प्रेमले मारेको खबर सुन्छु! बिस्तारै कलिको बिपत्ति  बाढी, पहिरो, भुम्कप आदि इत्यादि  नरहेछ भन्ने थाहा पाए, आँसुको बाढी  पीडाको पहिरो धोकाको भुकम्प पो रहेछ भन्ने थाहा पाए! आजको प्रेमको गन्तव्य  "म" को अन्त्य  गर्नु रै छ भन्ने बुझे, पराइका लागि  आफ्नो अस्तित्व  को आहुती दिनु रै छ भन्ने बुझे! अब मानवलाई नियन्त्रण गर्न प्राकृतिक बिपत्तिले कष्ट गर्नु पर्दैन  भन्ने सोचे, कृत्रिम चक्कु(हात काट्न) डोरि(पासो लगाउन) भए पुग्ने रै छ भन्ने सोचे! दुई मन जोड्ने प्रेमले तन मात्रै  जोडेको देखे, खुशीयाली निम्याउने प्रेमले बिपत्ति मात्रै  निम्त्याएको देखे।। ✍️ Diksha Bhatta  ©️ Saahitya Manch Nepal & Writer   अन्य रचना हरु पढन तथा  हाम्रो जानकारी को लागि होम पेज मा जान माथि भएको  यस्तै बट्न  ⬅️   क्लिक गर्नुहोस ! 

🖋️ गजल-"जिन्दगी "। Yunisha Satyal ।

Image
"जिन्दगी:-" कुन ठाउँ गए,सुखको दिन, आइपर्ने जंगार,तर्दातर्दै सकिन्छ जिन्दगी हिजो भएन,अब त केही,हुन्छ होला भनि आस बिश्वासमा,पर्दापर्दै,सकिन्छ जिन्दगी अरुलाइ प्रकाश,दिन जलेको,त्यो मैन सरि पग्लिएर आफु,झर्दाझर्दै सकिन्छ जिन्दगी चाहाना पूरा,हुदा खुशिका,नहुदामा दुखका नयनहरु आशुले,भर्दाभर्दै,सकिन्छ जिन्दगी सबैका चाहाना,स्वर्गमा पुग्ने,मरेर  हरपल हरक्षण,मर्दामर्दैसकिन्छ जिन्दगी !! ✍️ Yunisha Satyal  ©️ Saahitya Manch Nepal & Writer   अन्य रचना हरु पढन तथा  हाम्रो जानकारी को लागि होम पेज मा जान माथि भएको  यस्तै बट्न  ⬅️   क्लिक गर्नुहोस ! 

🖋️कविता -"उ मजाकी छ " ।Nepali poem ।

Image
"ऊ मजाकी छ । " दिलकी रानी भए पनि ।  मायाकी खानी भए पनि  रुखो बोल्ने बानी भए पनि ।  ऊ मजाकी छ ।  मोटि भएपनि  ।                                                            कोठि भए पनि । छोटि भए पनि ।। ऊ मजाकी छ ।                                                                                  बाठि भएपनि ।     टाठी भए पनि  । लाटि भए पनि ।      ऊ मजाकी छ ।                                               दाउरि भए पनि ।                                        ख्याउरि भए पनि ।  निन्याउरी भए पनि ।  ऊ मजाकी छ ।                 नक्कली भएपनि ।                                      सक्कली भएपनि ।         अक्कली भए पनि । ऊ मजाकी छ ।                                     जान्नि भएपनि ।                    मान्नि भए पनि ।               हान्नि भएपनि ।    ऊ मजाकी छ ।                     बढेकी भए पनि । पढेकी भए पनि । चढेकी भए पनि । ऊ मजाकी छ ।                 हास्दै बोल्नि भए पनि । दिल खोल्नि भए पनि । पिडा ओक्कोल्नि भए पनि ।  ऊ मजाकी छ ।                 मायामा पागल हुनि भए पनि ।  एकान्तमा एक्लै रुनि भ

🖋️ कविता -"सती "।Nepali Poem।Suzata Niraula ।

Image
"सती " आगनमा बा को लास लमपसार पर्दा  आमा हरेकबार हाम्रो अनुहार नियालिरहिथिन । आमालाई अङ्गालन मन थियो  अन्तिम पटक हामिलाइ  तर बा का लास सङै आमाका आँसु लम्पसार परेको थियो ,  जसरी आउदा झकिझकाउ भएर आउनु भा थियो आमा बिहे गरेर  बा सङसङै जादा सति  त्यै रुप लिएर बाजागाजा सहित लगे हेर खोलामा  नजिकै आउने खोलानि टुहुरा पारे लौ  लालाबाला भनी  बिलौना  गाउन थाल्यो हेर  ड्याङ ड्याङ झ्याइ झ्याइ बजिरहेको बाजाले  मेरा  बा आमाको मृत्युको  उत्सब बोकेर ल्याएको थियो  बा त मरिसकेका थिए आगोको दुखाइ केहि पत्तो पाउन्न थिए  लमतन्न भएका थिए  आमा लाई त त्यो दनदनी बलेको आगोमा जीउँदै  जलाउन   लागेको थियो  ।। मेरि रातोलुगा लगाएकी आमाको पैहरन सफेद भैदियो  दागबत्ती दिन मेरा कपाल खौरेर   बत्ति हातमा दिदा  मेरो हात लर्खरियो । बा लाई त जलाउदा न दुख्थियो न पोल्थियो  बा त लडेको मुर्दा न थिए  समाज र कुरिती खै कस्तो हो  जिउँदै जलाएर मार्न खोज्ने नियम कस्तो हो❤️ म त रोक्थे  यी हातलाइ  जिउदी आमाको  चितामा आगो लगाउन  तर समाजले मलाई बाध्य बनायो जिउदी आमा जलाउन ।। लगाउदा चितामा आगो चिच्याउनु भो आमा मरे पोल्यो भनी एकैछिनम

🖋️कविता -" मलाई फेरि बच्चा हुन मन छ "

Image
मलाई फेरि बच्चा हुन मन छ  त्याे बालापनमा फर्किन मन छ साथीभाइ बटुलेर भाडाँकुटी खेल्न मन छ  अामाकाे पछ्याैरी बेरेर बेहुली हुन मन छ  घईकाँसा, चुङ्गी, गट्टा खेल्दै  साथीहरू सँग जित्न हार्न मन छ  लुकमारी, छुईडुम खेल खेल्दै  खेलमा झेली भयाे भन्दै झगडा गर्न मन छ दाल, मसला, हड्डी कट्टी भन्दै  साथीहरु सँग फेरि रिसाउन मन छ  कबड्डी कबड्डी खेलमा जित्दै मेराे घरमा किन अाईस् भन्दै साथीलाई धपाउन मन छ ईनी मिनी म्यागाे, यू क्यान गाे भन्दै अाँखा छाेपी, रुमाल लुकाई, अाईस् एण्ड वाटर फेरि एकचाेटि खेल्न मन छ घरबाट दाल, चामल, नुन, मसाला लगी मलाई फेरि त्यहीँ ठाउँमा वनभाेज खान मन छ  लाक्टाे चकलेटकाे खाेल तानातान गर्न मन छ  दूधवाला चकलेट खानाकाे लागि अामासँग झगडा गर्न मन छ यति यति पानी, गंगै रानी भन्दै  टाेल नै थर्किने गरी कराउन मन छ  साथीहरू भेला पारी  एउटा साथी जंगलमा र बुढाे बाजे खेल्न मन छ  बच्चामा जसरी खेल्थ्याै त्यसैगरी निस्फ्रीक भई कुनै कुराकाे चिन्ता नलिई, पीर नलिई हातमा रबर मुठ्ठी बनाई जाेर कि बिजाेर भन्दै साथीकाे रबर लिन मन छ  डाेरी नाधी, चुङ्गी खेल पहिला काे खेल्ने भन्दै  ढुंगामा थुकि, थुक कि सुक गरी

🖋️कविता-" नफेरिएको सपना " । Nepali Poem ।

Image
आजभोली धेरै भयो उ  गल्लिहरुमा देखिन छोड्यो अस्तिन पल्लाघरे  काका भन्दै हुनुहुन्थ्यो  उसलाई अहिले रोगभन्दा भोकको डर बडेको छ अरे रोगले अझै सम्म छुन नसकेको उसलाई  अब भोकले रहन दिएको छैन रे उसकै पसिना बेचेर अघाएका हरुत भुडी बढेर निउरिन नि नसक्ने भएछ्न क्यारे सडकमा भोगले छटपटीरहेको उसलाई देखेनन रोग सङ्ग म आफै लड्छु  मेरो भोक मेटाइदे ए सरकार!  भन्दै रोइरहेको उसको शोक सुनेनन उसको मृत्युलाई एकको सख्यामा गनियो भलै मृत्यु एक को भयो होला तर त्यो एक नै उसका जहानको सबथोक थियो उसङ्गै ढल्ने बाकी लासहरुको नि हिसाब राखेस सरकार... दु:ख के हो? सकस के हो? झिसमिसेमा तारा अस्ताउनु अघिदेखि साझ तारा नदेखिएसम्म उ घोटिन्थ्यो कहिले ईटा भट्टामा कहिले क्रेसर छेउ ढुङ्गा पिटेर ढुङ्गासंगै पिटिएका उसका हातका घाउहरु फुटेका गोडाहरुले कहिँल्यै मलम पाएनन घोटिएका हड्डीहरुले कहिँल्यै आराम पाएनन  निधार मा नाम्लो पिठ्युँमा दाम्लो भिरि दाम्लोमा आफ्नो वोजन भन्दा गरुङ्गो भारी बोकेर स्वा स्वा गर्दै उ काठमाडौंका गल्लि गल्लि सामान ओसारीरहेको भेटिन्थ्यो यहाँ समय फेरियो सरकार फेरियो योजनाहरु फेरिय  तर न उसको सपना न सिरानी फेरियो   अझ

🖋️ कविता -" कुरा के गर्नु " । Nepali Poem ।

Image
कुरा के गर्नु............. अथाह प्रेम छ मनमा मेरो देशको निम्ति छताछुल्ल भएर भावना पोखिएका छन् । त्यसै त्यसै यो मन राष्ट्रियताको निम्ति चिन्ताले ह्रृदय अटसपटस भएका छन् ।। समझदारीको अस्थित्व बाकीँ रहेन भाइचाराको त कुरा के गर्नु । परिस्थिति अस्थिरताले भरीएका छन् समाधानका उपायहरुको त कुरा के गर्नु ।। स्थिरताको विद्यमानता बिर्सिसकेको मेरो देशमा समृद्धि र बिकासको त आशा के गर्नु । सत्य आचरणको लोप भईसकेको मेरो राष्ट्रमा लक्ष्य र गन्तब्यको कुरा के गर्नु ।। विश्वकै दोस्रो जलश्रोतको धनी देश बिद्युतको हैन खानेपानीको अभाव छ प्राकृतिक सौन्दर्यको अनुपम भेष  विश्वसुचिमा गरिबीको श्रेणीका परेको छ । शान्तिका प्रतिक गौतम बुद्धको जन्मभूमी विवादमा लिप्त भएर कोलाहल मच्चिरहेको छ । पृथ्वीनारायण शाहले एकिकरण गरेको मातृभुमि  छियाछिया पारेर टुक््रयाउन लागी परेको छ ।। बेरोजगारी र अपराधले चरम बिन्दु छोइसक्यो पदाधिकारीहरु आफ्नो दुनो सोझ्याउनै ब्यस्त । आचरण र नैतिकताको त बली चढीसक्यो विकाशका योजनाहरु भईरहेछन अस्तब्यस्त ।। समन्वय र संरक्षण शब्दको लोप हुन थालिसक्यो  देशभक्तिको त कुरा के गर्नु । अखण्डतामा प्रश्नचिन्ह ला

🖋️कविता -" पिंजडाकी चरी "। Nepali Poem ।

Image
"पिजडाकि चरी" सुन मानव तिमी साच्चिकै कठोर रहेछौ , आफ्नो स्वार्थको लागीअरु कसैको खुसिको हत्या गरिरहेका छौ । हत्याको आरोप लागेका कैदि जस्तै : मलाई यो पिजडा भित्रको जेल सजाय  दिरहेका छौ ।। म कहाँ गएर कसलाई सुनाउ, मैले बिताएरहेकी यि पिजडाका कथा कहानी । किन बुझ्दैनौ पत्थरको मुटु मा पुजा गर्न्ने तिमी मानव , पिजडा भित्र तड्पिरहेकी चरिको यो बेचएनी।। म पन्छि हु धर्तीलाई  निहाली खुला  आकाश मा उड्न् चाहान्छु। जब बर्षातमा झरी पर्छ,म त्यो झरी सङै  मेरो पखेटा भिजाई  मुयुरको चाल सङै चाल मिलाई नाच्न चाहान्छु।। बसन्त रितुमा फुलेका रंगीचंगी  फुलहरुको  बास्नामा  म डुब्न् चाहान्छु। हेमन्त रितुमा बहने त्यो चिसो हावाको वेग  सङ सङै चल्न चाहान्छु।। म आफ्नै संसारमा त्यो सुन्दर प्रकृति सङ  रमाउदै खेल्न चाहान्छु। बादलपारी को देशमा मैले भोगेका पिजडाका कहानी सुनाउन चाहान्छु।। ती पहाड,खोला,नाला हरिया वन पाखा कोहीलिले कुहु कुहु गर्ने सुरिलो भाका मेरो पर्खाइमा पर्खिरहेका छ्न। बिडम्बना म त्यो पर्खाइ लाई तोडन सक्दिन त्यो सुरिलो भाका लाई सुन्न सक्दिन   यी मानव ले मलाई पिजडाकि चरी  बनाई सकेका छन् ।। म हरेक रात

🖋️ कविता -" ए कलम !" । Nepali Poem ।

Image
शीर्षक:ए, कलम! ए, कलम! नढाँटी भन् त, मेरो छट्पटाहट, चिच्याहट, मेरो आँशु, हाँसो, मेरो सुख, दु: ख, मेरो मौनता, म भित्रको शून्यता, मेरो भावना, मैले देखेका सपना, मेरो जीत, हार, मैंले पाएको धोका, अनि प्यार, मेरो मन, रोदन, केही आशाहरु, असिम निराशाहरू, मेरो अँध्यारो प्रतिको मोह, अनि अरूले म प्रति गरेको बिद्रोह, थोरै आफ्नोपन र धेरै एक्लोपन, केही सफलताका हिस्साहरु  अनि केही असफलताका किस्साहरु, यी सबै कुराहरू म कापीमा उतार्ने प्रयत्न गर्छु, र उतार्छु पनि, अरुले त, आफ्नो स्वार्थ पूरा भएपछि साथ छोडिदिन्छन्, या भनौँ, असफलताका किस्साहरु सुनिसकेपछि दूर भइदिन्छन्, तर तँ, साँझ होस् या बिहान, दिन होस् या रात, मैंले लेख्न सुरु गरिसकेपछि खुरुखुरु लेखिदिन्छस्, मैंले लेख्न लागेका कुनैपनि कुराहरूलाई नकार्दैनस्, ह्या, आज त म लेख्दिन पनि भन्दैनस्, म त रित्तिएको छु, तँलाई केही दिन सक्दिनँ, तैँले मलाई आफ्नो अमूल्य साथ दिएको छस्, केही दिइसकेपछि हरकोहिलाई  केही पाउने चाह हुन्छ अरे, साँच्चै भन् त,  कतै, तँ भित्र पनि स्वार्थ त लुकेको छैन? ✍️ Rachana Fuyal  ©️ Saahitya Manch Nepal & Writer   अन्य रचना हरु पढन त

🖋️ कविता -" धिक्कार " ! ।Nepali Poem।

Image
🔥कविता🔥             धिक्कार ! धर्तीमा अवतरीत सम्पुर्ण चमत्कारीहरुलाई, छद्मभेसीहरुलाई,दुराचारीहरुलाई, अत्याचारीहरुलाई,बिनासकारीहरुलाई धिक्कार !! विशिष्ट विज्ञहरुलाई भिडियो मात्र बनाउने मिडियाहरु बिकाउ र टिकाउका लागि लेख्ने कलमीहरु चाप्लुसी र चाकडीबाजहरु,नौट्ङ्कीहरुलाई धिक्कार !!! महान सेवकहरुलाई सेवाको नाउमा ठुल्ठुला  गफ चुट्नेहरुलाई,दुखीअसायहरुको  तमासा बनाएर दिनदाहाडै लुट्ने हरुलाई धिक्कार !!!! धर्मी पण्डितहरु गलतकुराहरु सिकाएर,तिक्तता रोपेर साँचो मानवताको बलात्कार गर्दै बिभाजन   बिखण्डन र बिचलन स्थापित गर्नेहरुलाई धिक्कार !!!!! तथाकथित  ठूलो जातका भनाउदाहरु भेदभाव सृजना गर्नेहरु,मान्छेलाई मान्छे नठान्नेहरु,हिंस्रक क्रूर हत्याहरुलाई धिक्कार !!!!! छिमेकीहरु बाटोमा तगारो तेर्साएर  साँध सिमाना मिच्नेहरु,सहनशिल आफ्नै छिमेकीलाई बिषालु दार्‍हा धस्नेहरुलाई धिक्कार !!!!!!! न्यायकर्ताहरु फैसला सुनाउनेहरु सहिलाई गलत अनि  गलतलाई सहि भनी न्याय गर्ने न्यायाधीशहरुलाई धिक्कार ! धिक्कार ! धिक्कार !! धिक्कार !!! धिक्कार !!!! धिक्कार !!!!! धिक्कार !!!!!! धिक्कार !!!!!!! धिक्कार !!!!!!! धिक्कारै धिक्क

🖋️कविता -" गुरु " । Nepali Poem

Image
गुरु ती व्यक्ति मात्र हाेईनन् जसले कलम समाएर लेख्न सिकाए क, ख, ग,घ A, B, C, D पढाए कक्षा चढ्दै जाँदा हाम्राे मस्तिष्कमा नयाँ नयाँ ज्ञानका कुराहरु भरे जसले हामीलाई किताबका ठेली धाेकाए कक्षाकाेठामा अार्दशका पाठ पढाए अनुशासन र ज्ञानगुनका कुरा रटाए ती व्यक्ति मात्र गुरु हाेइनन् असल बाटाेमा हिँड्न अभिप्रेरित गर्ने जीवनलाई एउटा गन्तव्यमा पुर्याउन सहयात्री बन्ने सही र गलत छुटाउन सिकाउने माया र ममताकाे पाठ पढाउने जीवन के हाे ? बुझाउने संसार कस्ताे छ भनेर देखाउने ती व्यक्ति पनि गुरु नै हुन्  जसबाट हामीले केही न केही सिक्छाैं अनुशरण गर्छाैं ।  ✍️ Srijana Dhungel  ©️ Saahitya Manch Nepal & Writer   अन्य रचना हरु पढन तथा  हाम्रो जानकारी को लागि होम पेज मा जान माथि भएको  यस्तै बट्न  ⬅️   क्लिक गर्नुहोस ! 

🖋️ कविता -"आत्मयोद्धा "। Nepali Poem ।

Image
"आत्मयोद्धा "    म मरिरहेछु  भतभति पोलिरहेछ यो मेरो लास  ज्वाला बढिरहेछ, दाउरा चलाईरहेछन,   मेरो लासलाई कुट्दै, पिट्दै घिनाईरहेछन्।    म पर डाँडामा बसेर हेरिराछु तमासा  ती मेरा बा, ती मेरी रोगि आमा  अनि काखे छोरी र उनि   आँखाभरि आँशु , दुई छाक खाने ती आशा ।  म मरेसंगै ती आशा मरिरहेछन  मुर्छा परिरहेछन भरोसा पनि  रोगले थला परिरहेछन सपनाहरु झनै  अनि दिउँसै अन्धकार देखिरहेछ मरेको मन पनि ।    शरिर मर्यो, सड्यो , जल्यो खत्तम भयो   सपना मरेनन  उज्जवल भविष्य अझै चाहिएकै छ   समयले विपत्ति चाह्यो।     समयसँग लड्न नसक्नु मेरो परिस्थिति चाहना  अनि अभावग्रस्त जिवनलाई चुनौति दिन खोज्नु   मेरो बिडम्बना  यसैले यो संसारको एकमात्र सारथि ज्यान छुट्टियो ।  त्यो ज्यान सहारा थियो   जीवन सहयात्री थियो   साथ दिने असल साथी थियो  अनि कसैको भविष्यदाता थियो ।    यो आत्मा कता कता उडिरहेछ  आकाशका यी काला बादल  अनि चट्याङ, आँधिबेहरिसंग लडिरहेछ   चाहाना त्यहि छ परिवारको रक्षा ।    आत्माको आवाज सुनिदिने  भए  म धेरै कुरा सुनाउथेँ  सम्झाउँथे अनि फेरि पनि त्यहि भन्थेँ  छिट्टै फर्केर आउँछु, धेरै पैसा कमाएर     म

🖋️कविता -" अनेक छन । पन्चचामर छन्द ।

Image
शिर्षक : अनेक छन् छन्द: पञ्चचामर धनी गरीब देशमा समान दृष्टि भेट्दिन  छ लोकतन्त्र खोइ लौ म पाल भित्र भेट्दिन । सुधार्छु देश नै भन्यो बिगार्न तर्फ लाग्छ झन्  लुटाउने फुटाउने अनेक छन् अनेक छन् ।।१ ठुलाबडा रमाउछन् युगिन हाँकले जब गरीब लोकको यता विलाप भोकले सब । कहाँ छ लोकतन्त्र खै प्रवाल लूटतन्त्र झन्  स्वतन्त्रता दबाउने अनेक छन् अनेक छन् ।।२ लिलाममा भयो धरा छ उग्रवाद कल्मषा  निदान आहतै भयौं विभावरी छ कल्मषा । हवा निशान्धकारको प्रलाप नेतृवर्ग झन्  दुखाद देशको कथा अनेक छन् अनेक छन् ।।३ कुदृश्य नीद भङ्ग भो लुटान तन्त्र तान छ  गर्यौं लडाइँ धेर एक थान संविधान छ । स्वतन्त्रता रमाइलो छ छैन लौ कहाँ छ र ! अठोटको छ कल्पना म तान्छु 'पञ्चचामर' ।।४ ✍️ Roshan Aryal  ©️ Saahitya Manch Nepal & Writer   अन्य रचना हरु पढन तथा  हाम्रो जानकारी को लागि होम पेज मा जान माथि भएको  यस्तै बट्न  ⬅️   क्लिक गर्नुहोस ! 

🖋️कविता -"फुलको के दोष " । Nepali Poem ।

Image
फुलहरुकाे बगैंचामा ऊ भर्खरै फुल्दै थिई कसले साेचेकाे थियाे र  काेपिलामै उसकाे अस्तित्व सकिन्छ भनेर फुल्न उसलाई नी मन थियाे, फुलाउन मालीलाई नी भमँराले राम्राे फुल देख्याे, अायाे लुट्याे सकियाे न दाेष फुलकाे थियाे, न मालीकाे बचाउमा उसले मालीलाई समेत गुहार्न पाइन बाेटबाट चुडेर अलि पर लागि पत्रपत्र परी भुँईमा फालिदिए बगैंचामा रहेका अन्य फुलहरले तमासा हेरिरहे कसैले अावाज उठाएनन् थाहा छैन भमँरा उडेर काहाँ गयाे तर, बगैंचाका ती फुलहरु पक्ष र विपक्षमा बाँडिएर बहस सुरु भयाे एकले अर्कालाई अाराेप प्रत्याराेप लगाउन थाले विवाद चर्म उत्कर्षमा पुग्याे, निष्कर्ष निकाल्न सकेन यता दिन प्रतिदिन बगैंचा रितिदै गए  फुलहरु बाेटबाट चुडिदै गए, चुडिदै गए !! ✍️ Srijana Dhungel  ©️ Saahitya Manch Nepal & Writer   अन्य रचना हरु पढन तथा  हाम्रो जानकारी को लागि होम पेज मा जान माथि भएको  यस्तै बट्न  ⬅️   क्लिक गर्नुहोस ! 

🖋️ कविता । N.P Khatiwada

Image
🌹🌹कविता🌹🌹 कुनै बचनमा ईख हुन्छ,कुनै बचनमा रीस हुन्छ कुनै बचनमा अंमृत त ,कुनै बचनमा विष हुन्छ कुनै बचनमा मलम हुन्छ,कुनै बचनमा चोट हुन्छ कुनै बचनमा पुर्णता त,कुनै बचनमा खोट हुन्छ कुनै बचनमा शुद्धता हुन्छ,कुनै बचनमा फोहोर हुन्छ कुनै वचनमा रमाइलो त,कुनै बचनमा बोर हुन्छ कुनै बचनमा आधार हुन्छ,कुनै बचनमा धार हुन्छ  कुनै बचनको जीत त ,कुनै बचनको हार हुन्छ कुनै बचनमा बेमेल हुन्छ,कुनै बचनमा मेल हुन्छ कुनै बचनले छुटकारा त,कुनै बचनले जेल हुन्छ कुनै बचनमा प्रतिज्ञा हुन्छ,कुनै बचनमा श्राप हुन्छ कुनै बचनमा चंगाइ त,कुनै बचनमा पाप हुन्छ कुनै बचनमा हौसला हुन्छ,कुनै बचनमा निराश हुन्छ कुनै बचनमा नैरश्यता त,कुनै बचनमा आश हुन्छ कुनै बचनमा मुर्खता हुन्छ,कुनै बचनमा ज्ञान हुन्छ कुनै बचनमा आशिष हुन्छ त,कुनै बचनमा अपमान हुन्छ ✍️ एन. पी. खतिवडा ©️ Saahitya Manch Nepal & Writer   अन्य रचना हरु पढन तथा  हाम्रो जानकारी को लागि होम पेज मा जान माथि भएको  यस्तै बट्न  ⬅️   क्लिक गर्नुहोस ! 

🖋️कविता । Nepali Poem। Manisha Badu

Image
नरहेर गयो नफर्किने गरि गयो मेरो प्रिय खास आज लास बनेर गयो। रुह त्यो  बतास बनि धर्ती छोडि बादलपारी उड्यो  होमिदै  दनदनी आगोमा सुन्दर काया  मुठिभर खरानीबनी  माटोमा बिलिन भयो। मेरो प्रिय मान्छे अरु कसैको प्रिय भएर गयो अब कैल्येइ नभेटिने नदेखिने बाचासहित यहाँबाट  विश्राम लिएर गयो सायद, सपना देख्दा देख्दा थाकेको हुनुपर्छ  साहारा खोज्दा खोज्दै थाकेको हुनुपर्छ उदाउने तछाडमछाड को लुछातानिमा कसैसङ्ग हारेको हुनपर्छ ब्यस्त दुनियाँका तौलनियमहरु थेग्न नसकी भागेको हुनपर्छ पैसामा रनभुल्ल हरुका पदचापले थिचिएको उ पखेटा समाई उड्नै नदिनेहरुकाबिच मिचिएको उ स्वर्थी  र झुटका सम्बन्धहरुमाझ लुटिएको उ  एक्लिएको  थियो आत्मग्लानीको आगोले  भित्र भित्रै जलिरहेको थियो अधुरोपन,अपुरोपनको गहिरो खाडलमा आफैभित्र कतै भासिएको थियो हैरान थियो, दिक्दार थियो, बिबस थियो, त्येसैले त आफ्नै नाउको सुसाईड नोट  आफ्नै नाममा लेखेर गयो जादाजादै; आफ्नै घाँटी  आफ्नै हातले रेटेर गयो। उदाईरहेको चम्किलो एक तारा  आज झरेर गयो हामी माझ नरहेर गयो आफू सङ्गै मलाई पनि झारेर गयो निष्ठुरीले माया मारेर गयो कहिल्यै नभरिने रिक्तता छाडेर गयो। ✍️ Manish

🖋️ कविता -"प्रकृति " । Nepali Poem ।

Image
प्रकृति आहा! कति शान्त छौ तिमी लाग्छ तिम्रै काखमा लुटपुटिएर आनन्दको सास फेदैॅ आफ्ना हरेक दुःखलाई बिसिॅदिउँ तिम्रो कोमलतालाई देखेर यस्तो लाग्छ कि तिमीसँग मितेरी गाँसेर सधैँभरी तिमी सँगै बसिराखुँ कसरी यति शान्त भयौ तिमी? जब म एक्लै हुन्छु तिमीलाई नै स्मरण गछुॅ तिम्रो नरमतालाई सम्झिदै एक्लोपनालाई हटाँउछु तिम्रो त्यो मन्द मुस्कान  आहा!! कहिले कँही त म मोहनी लागे झैं मोहित हुन थाल्छु तिम्रो न्यानो माया देखेर यस्तो लाग्छ कि तिमीलाई नै माया गरेर आफ्ना हरेक पिडालाई बिसिॅदिऊँ तिम्रो त्यो शितलता देखेर  यस्तो लाग्छ कि जिवनका सबै घामछाँया छाडेर तिम्रै छेऊमा आएर  बसिराखुँ स्वच्छ छ तिम्रो मन अनि तिमी पनि, त्यसैले त तिमी सबैको प्यारो छौ तिमीलाई प्रेम नगनेॅ को छ र यहाँ सायद प्रकृतिप्रमी भएर होला म त तिमीसँगै रमाउन चाहन्छु अनि तिम्रै काखमा बसेर आफ्नो जिवनलाई शान्त बनाउन चाहन्छु हे प्रकृति! तिम्रो वणॅन गनॅ त सक्दिन म सुन्दरताले अनमोल छौ तिमी, तिमीलाई मेरो सलाम छ। ✍️ Pratikxya Bhatta  ©️ Saahitya Man ch  Nepal & Writer   अन्य रचना हरु पढन तथा  हाम्रो जानकारी को लागि होम पेज मा जान माथि भएको  यस्तै

🖋️कविता -"कृपया हल्ला नगर्नु होला ! "। NepalI Poem

Image
कविता "कृपया हल्ला नगर्नु होला" यो कृषिप्रधान देश हो  त्यो सेतो कपाल फुलेको देख्दै घिन लाग्ने झुस्स दारि पालेको  हातका नङ्ग भरि कालो माटो पसेको  कुर्कुचा पट-पट फुटेको  यो जाडोमा  फाटेको सट माथि  फाटेको त्यो मैलो ज्याकेट  फाटेको पाइन्ट  फाटेको चप्पल लगाएर  कुक्रुक परेर बाटोमा सुत्नेे त्यो मिहिनेती किसान हो  रगत र पसिनाका थोपा-थोपा  यो बन्जर भुमि सिचाइ गरेर  अन्न फलाउने  त्यो महान किसान हो  कृपया हल्ला नगर्नु होला  यिनैले तिरेको कर बाट  त्यो घुम्ने कुर्सीमा बस्ने  करोडौंको गाडी चड्ने कालो कोट लगाएको  अझङ्गको ठुलो भुडी भएको आँखामा कालो चस्मा लगाएको  ठुलो मान्छे निदाइ रहेछ  कृपया हल्ला नगर्नु होला ।। ✍️ Madan Raj  ©️ Saahitya Manch Nepal & Writer   अन्य रचना हरु पढन तथा  हाम्रो जानकारी को लागि होम पेज मा जान माथि भएको  यस्तै बट्न  ⬅️   क्लिक गर्नुहोस ! 

🖋️कविता । Nepali Poem । Suzata Niraula

Image
उसले मलाई त्यती बेला सम्झियोस  कसैले बिश्वासघात गर्दा उसले मलाई  सम्झियोस  एक्लोपनको बाढिले यादहरुको सन्नाटा बोकेर ल्याउदा उसले मलाई सम्झियोस । अनि  मेरा हरेक शब्दहरु परैबाट चिन्दै उसले भनोस  यी शब्द मेरा लागि कोरिएका हुन भनेर  कहिलेकाही ती शब्द पढ्दा पढ्दै शब्द अड्किएर आँखा रसाएपछि उसले सम्झियोस । अनि  ती हामी संगै घुमेर सफर गरेका पार्क हरुमा  कहिलेकाही आफु एक्लै पुग्दा त्यो बसेको खाली ठाउँ देख्दा सम्झियोस । अनि चिया पसलका चिया का गिलास पसलेले एउटा मात्रै ल्याएर ठ्याक्कै राख्दा मलाई सम्झियोस  फेसबुक र सामाजिक संझ्यालमा आज ब्लक गरेपनि  भोलि सामाजिक संझालभरी  जताततै मेरा नाम र तस्बिर फिजिदा  उसले मलाई सम्झियोस  हिजो बिश्वासमा लात हाने पनि  हिजो माया मा घृणा गरेता पनि अनि आफ्नो योग्य नभएर छोडेको उसले कुनैदिन मञ्चमा म रङ पोतिएर उभिएको बेला उसले सबैलाई बटुल्दै भनोस उ मेरि भुपु माया हुन भनेर ।। ✍️ Suzata Niraula  ©️ Saahitya Manch Nepal & Writer   अन्य रचना हरु पढन तथा  हाम्रो जानकारी को लागि होम पेज मा जान माथि भएको  यस्तै बट्न  ⬅️   क्लिक गर्नुहोस ! 

🖋️गजल -"बुझ्नै सकिन " । Nepali Gazal

Image
बिथोलिन्छन् सपनाहरु किन यस्तै हुन्छ हरबार बुझ्नै सकिनँ  सधैं आफ्नामाथि आफ्नाहरुकै प्रहार बुझ्नै सकिन एक रुपैयाँको अभावले मर्छ गरीब, तिमी पैताला मुनि करोडौं बिछाउँछौ  तिम्रा शतरंजका यी  खेल ये सरकार बुझ्नै सकिन  कसैको सास रोकियो कोही हातगोडा काटिएर विजयी भए  कहानी युद्धभूमिको यहाँ कसको जीत कसको हार बुझ्नै सकिनँ  उमेर रहुन्जेल लालटिन बालेर बित्यो जिन्दगी अब दिनकै उज्यालो देख्दैनन् यी आँखा, तिमी दिन्छौ बिजुली उपहार बुझ्नै सकिन  कसैको पिता त उ पनि होला जो आज अर्काकी चेलीको जामा च्यात्दै छ  पिता भगवान् हुन् सुनेकी थिए , भगवान् भित्र राक्षस् को अवतार बुझ्नै सकिन । ✍️ Pushpa Pandey  ©️ Saahitya Manch Nepal & Writer   अन्य रचना हरु पढन तथा  हाम्रो जानकारी को लागि होम पेज मा जान माथि भएको  यस्तै बट्न  ⬅️   क्लिक गर्नुहोस ! 

🖋️कविता -" दिक्षु " । Nepali Poem ।

Image
शीर्षक - दिक्षु हुन त दिक्षु, तिम्रो शहरले मेरो नाउँ मेरो गाउँ  मेरो कहरलाई  उहिले नै प्रतिस्थापन  गरेर  आफ्नो रहरलाई  त्यो ठाउँ दिइसक्यो, मलाई धक्का दिएर निकालेको खबर  आफ्नो राजधानीमा  फैलाइसक्यो! तर दिक्षु मेरो झुपडीले तिम्रो ठाउँ हिजो नि कसैलाई दिन सकेको थिएन  आज नि कसैलाई दिन सकेको छैन! मलाई अझै पनि सबै याद छ दिक्षु, त्यहाँ बिताएका एकएक दिन सानाठूला घटना तितामिठा कुरा सबै  जस्ताको त्यस्तै याद छ! हेर न दिक्षु, मलाई थाहा नै नदिइ पुरानो मामुली चोटलाई  आधुनिकरण को सुर चढेर नयाँ जटिल निको नहुने रोग बनेछ! साझसङ्गै अस्ताउनुपर्छ भन्ने ज्ञात भएर पनि होला  दिक्षु, अचेल बिहानीमा तिम्रो सम्झना अलि बढी नै आउँछ ! जान मन त कसलाई पो हुन्छ र दिक्षु! झन् म भित्र त तिमी नै तिमी छौ  तर उदाएपछि अस्ताउनु निश्चित छ मेरो पालो चाडो आएर मात्र  दुःख लाग्छ! मलाई थाहा छैन दिक्षु, म यहाँ बाट गएर कहाँ पुग्छु भनेर! थाहा छ त केवल जहाँ गएपनी जहाँ पुगेपनी तिम्रो स्थान यथावत् राख्नेछु! मेरो बिदाइको दिन  तिमी आउनु ल दिक्षु, मसङ्गै मेरो अस्तित्व खरानी हुँदा सम्म बस्नु, चिन्ता नगर्नु तिमीले शोक मनाउनुपर्दैन ल न आँसु नै

🖋️कविता -"देशलाई बिदेशी नोट चाहिन्छ !"

Image
कविता: "देशलाई बिदेशी नोट चाहिन्छ ।"  (२०७७-०३-१७ गते) देशलाई, बिदेशी नोट चाहिन्छ ! यदी हुनथ्यो त, नोटको बोट नै चाहिन्छ । चाहे त्यो बिकाशमा लाइन्छ, चाहे भ्रष्ट नेताद्वारा खाइन्छ । नोट भनेको एउटै चाहिन्छ । लौ भन त्यो कहां पाइन्छ ? पर्ख ! म भन्छु । त्यो देशमा पाइदैन । परदेशमा पाइन्छ । रेमिट्यान्सको रुपमा  बर्षै पिच्छे भित्र्याइन्छ । किनकी देशलाई बिदेशी नोट नै चाहिन्छ । सायद ! स्वदेशी नोटको मुल्य कम भएर होला । बिदेशी नोट नै अमुल्य भएर होला । इच्छा, आकाङ्छाहरु महङ्गा भए की ? आवश्यकता किन्ने साधन, त्यो स्वदेशी नोट सस्तो भयो की ? नत्र, कहिल्यै किन किन्न सकेन ? त्यो स्वदेशी नोटले ? मेरा अभिलाषाहरु, परिवारका आशाहरु कहिल्यै किन छुन सकेन मेरा सपनाहरु ? किन चिन्न सकेन ? सपना र बिपना बिचको बिशाल अन्तर । त्यही भएर त ! खरब कमाउन, आमाको एक्लो छोरो म  आज अरब पसेको पनी बर्षौ भएको छ । किनकी, मेरो देशलाई बिदेशी नोट चाहिन्छ । त्यो दिन एकाबिहानै आमाको फोन आएको थियो । "बाबु दशैंमा नयां साडी किन्ने सोच छ, पैसा पठाइदिनु है"  भन्न नपाउंदै बैनीले फोन खोसेकी थी । "मलाई नयां iPhone पठाइदि

🖋️कविता -"म भित्र मेरो देश" । Nepali poem

Image
" म भित्र मेरो देश "  स्वाभिमानको नारा लगाई मृत्युलाई रोज्न सक्छु  चन्द्रमा मै पुग्यौ होला तिमी म नौलो ब्रह्माण्ड खोज्न सक्छु नारी भनेर हेप्न खोज्छौ  मसँग तिम्रो जितलाई पनि हराउने हार छ गोर्खालीको छोरी हुँ म मेरो रगतमा तरवार छ विश्व सामु शुन्य छ अरे मेरो देश  हो, म त्यही शुन्यतामा रमाउन सक्छु आगो रहेछौ तिमी आगो  म पनि ज्वालामुखी हुँ तिमीलाई आफूभित्र समाउन सक्छु  तर तिम्रो हिम्मत छैन मेरो यो भूमिलाई स्पर्श सम्म गर्न सक्ने  किन भने तिम्रो त्यो मुटु अझैं पनि यो उच्च शिरको खुकुरी देखेर थर्थराउँछ जुन चन्द्र सूर्यको तिमी परिकल्पना मात्र गर्न सक्छौ हेर त्यो त मेरो ध्वजा मा फर्फराउँछ! बलि दिई पुर्खाहरूले जन्मिएको क्षेत्र हो यो  पाउ टेकेर कुल्चिन नखोज भागवत् गीता त्रिपिटक कुरान अनि बाइबल सरी पवित्र हो यो  गरीब भन्छौ हेला गर्छौ हो म गरीब छु तर मेरो यो गरिबी तिम्रो ऐश्वर्य भन्दा सर्वश्रेष्ठ छ  कायर भएर जिउँछौ तिमी म शहिद भएर मर्नेछु  हेर तिम्रो जीवन भन्दा मेरो मृत्यु उत्कृष्ट छ विश्वलाई सजाउने यी हातहरुको कला रित्तिएको छैन  कहिल्यै नमर्ने आशाहरुको आवाज सिद्धिएको होइन बदलिने छ समय फेरि ए

🖋️कविता -" सन्तानको खुशी " ।Nepali Poem

Image
"सन्तानको खुशी " सानो छदा मर्छ कि भन्दै हुर्काएका बालक अलिकती चोट लाग्दा धेरै दुख्यो कि भन्दै हतार हतार पटुकि च्याती मलम पट्टि गरि हुर्काएका सानो बालक ठूलो भएछ । आफ्नो बाबा लाई  सबै भन्दा जान्ने र बाठो सम्झने  सानो बालक अनि आमालाइ सन्सारकै  माहान सम्झने  सानो बालक ठूलो भएछ । माहान आमाले बोलेको हरेक शब्दमा औला उठाउने सबै भन्दा जान्ने र बाठो बाबाले दिएको अर्तिलाइ  बिष  सम्झने  कठै त्यो सानो बालक  ठुलो भएछ । अझै यति मात्रै काहा होर आमाले त ! नौ महिना कोखमा राखिने रे दश धारा दूध चुसाइन रे तीन चार बर्ष दिशा पिसाब नभनी हुर्काइन रे अनि फेरि बाबा चै तिम्रा लालन पालन को लागि  देश छोडे रे ४५ डिग्री को तातो घाममा भेडा र उट चाराए रे खै काहा छ ती त्यागहरु  मेरा लागि केही गर्न नस्कनेले  नभन्नुस यसो  वा ...वा ... बाबू तिमी ठूलो भएछौ ? अनि  धिक्कारदै भन्दै छन  ती  बुढा-बुढि बाबा र आमाले आफ्नो चाउरी परेका अनुहारमा मलिन मुस्कान लीइ गह भरी आँसु पारी  बाबू तिमी हाम्रो बुढेस कालको साहारा हौ ? अहिले सम्म त हामी तगडा नै छौ तिम्रो खुसीको लागि  हामी अझै संघर्ष गर्न सक्छौ तिम्रो हरेक सानो-सानो इक्क्षा

🖋️ कविता -"मलाई उडन देउ" । Nepali Poem

Image
"मलाई उड्न देऊ" म छोरी  मलाई नजन्माउने हजार प्रयास गरिन्छ गर्वमा नै लिङ्ग परीक्षण गरी तुहाउने विचार बुनिन्छ म जन्मिए त घरको आड डग्मगिन्छ अरे किनकि मैले वंश अघि बढाउन सक्दिन अरे अझै पनि छोरी जन्मदा कतिका घर रमाउँदैनन् हिजोसम्म उसकै पर्खाइमा रहेका बुबा आज उसलाई अप्नाउँदैनन् काखमा खेलाउन आतुर हजुरबा आमा उसलाई हेर्न पनि रुचाउँदैनन् अनि कोसिन्छिन् ती निर्दोष आमा  परिवारमा उनको ओहदा बदलिन्छ, अथाह  पिडा ब्रजपात गरिन्छ, स्याहारको अपेक्षा उनको तोडिन्छ,  मायाको भव स्वतः बदलिन्छ , हिजो सम्म लक्ष्मी भनी पुजिएकी उनी  अचानक कुदिष्ट्रीले हेरिन्छ  शारीरिक र मानसिक कमजोरीको ट्याग समाजले पहिराउछ  त्यो परिवारमा जन्मनु पाप रहेछ भन्ने कुरा पारिवारिक व्यवहारले जताउछ कडा बीच फुल्ने जमर्को गर्दै हुन्छु जसोतसो नरपिशाचले मेरो शरीरमाथी गिद्दे नजर गडाउछ म आतालिन्छु, छोप्छु आफ्ना अङ्ग म कहालिन्छु, पोख्छु आफ्ना ब्यथा लुकाउँछु यी चोटका दाग मुस्कुराउँछु रुवाई आफ्नो आत बाध्य हुन्छु बिताउन कैयौं अनिदो रात  छोरी भए त के भयो र ?  मेरा पनि कैयौं सपना हुन्छन् तिनलाई पूरा गर्न चाहन्छु , मेरो पहिचान के हो म बुझ्न च